कुशल मल्लको उत्कृष्ट ब्याटिङमा मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

कुशल मल्लको उत्कृष्ट ब्याटिङमा मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

काठमाडौं : सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप अन्तर्गत एसिया छनोटमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

१६६ रनको लक्ष्य पाएको नेपालले १६.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो।

नेपालका लागि कुशल मल्लले सानदार ब्याटिङ गर्दे ५४ रनको अर्धसतकीय पारी खेले। उनले २९ बलमा ५४ रन हिर्काएका हुन्। 

त्यस्तै कुशल भुर्तेलले ४३, आशिफ शेखले  ३२ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेल  दुई रनमा आउट भए।

यसअघि  कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेका मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो।

उसका लागि सैयद अजिजले सर्वाधिक ६८ रन बनाए। जुबैदी जुल्किफले पनि २४ रन बनाउनु बाहेकबाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि अविनाश बोहराले चार विकेट लिए। उनले चार ओभर बलिङ गर्दै २७ रन खर्चिएका थिए।

यस्तै, सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान एक/एक विकेट झारे।

नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टीम ओमान बनेको छ। ओमानले आजै बिहान सिंगापुरविरुद्ध जित निकालेको थियो। पराजयसँगै सिंगापुर र मलेसिया भने बाहिरिएको छ।

कात्तिक १४, २०८० मंगलबार १६:२५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।