नेपालको दोस्रो विकेट पतन, आशिफ शेख ३२ रनमा आउट
काठमाडौं : टी–ट्वेन्टी विश्वकप एसिया छनोटअन्तर्गत मलेसियासँगकाे नेपालको दोस्रो विकेट पतन भएको छ। आशिफ शेख ३२ रन बनाएर आउट भएका हुन्। उनले २३ बलमा १ चौका र २ छक्का प्रहार गरे।
यसअघि कुशल भुर्तेल ४३ रन बनाएर आउट भएका थिए। उनले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए।
मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य प्रतस्तुत गरेको छ। १२ ओभरको समाप्तिमा नेपालले १२३ रन बनाएर खेलिरहेको छ।
यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेका मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ६५ रन बनायो।
उसका लागि सैयद अजिजले सर्वाधिक ६८ रन बनाए। जुबैदी जुल्किफले पनि २४ रन बनाउनु बाहेकबाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि अविनाश बोहराले चार विकेट लिए। उनले चार ओभर बलिङ गर्दै २७ रन खर्चिएका थिए। यस्तै, सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान एक–एक विकेट झारे।
कात्तिक १४, २०८० मंगलबार १५:५७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।