राष्ट्रसंघका महासचिव गुटरेस र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट

राष्ट्रसंघका महासचिव गुटरेस र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट

काठमाडौं : नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसदमा सम्बोधन गर्नुअघि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका छन्। 

मंगलबार लुम्बिनी भ्रमण सकेर राजधानी काठमाडौं पुगेका गुटेरेस र अध्यक्ष तिमिल्सिनाबीच सिंहदरबारस्थित कार्यकक्षमा भेटवार्ता भएको बताइएको छ। 

भेट क्रममा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन लगायतका विषयमा कुराकानी भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ।

झन्डै दुई घण्टा लुम्बिनीमा बिताएपछि गुटेरेस काठमाडौं फर्किएका थिए। उनले दिउँसो ४ बजे संधीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कात्तिक १४, २०८० मंगलबार १५:५१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।