काभ्रेमा पराल बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

काभ्रेमा पराल बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
सांकेतिक तस्बिर

काभ्रे : काभ्रेमा पराल बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी तीन जना घाइते भएका छन्।

मंगलबार दिउँसो सवा २ बजे पनौती नगरपालिका-२ सिलाभन्ज्याङस्थित कुशादेवीबाट नयाँगाउँ जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको पराल बोकेको गाडी ब्रेक फेल भएर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा परी गाडी चालक ४० वर्षीय रविन आचार्य र ५० वर्षीय शिवबिक्रम केसीको मृत्यु डिएसपी क्षेष्ठले बताए।

यस्तै, बेथानचोक गाउँपालिका-२ का ४५ वर्षीय सारदा तिमल्सिनाको अवस्था समेत गम्भिर रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कात्तिक १४, २०८० मंगलबार १५:३८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।