महासचिव गुटेरेसद्धारा उद्देश्य विहिन युद्ध अन्त्यका अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

महासचिव गुटेरेसद्धारा उद्देश्य विहिन युद्ध अन्त्यका अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

बुटवल : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्व शान्तीको मुहान लुम्बिनीबाट उद्देश्य विहिन युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायलाई आव्हान गरेका छन्। 

नेपाल भ्रमणको क्रममा लुम्बिनी आएका गुटेरेसले उद्देश्य विहिन युद्धले विश्व नै आक्रान्त भएको भन्दै शान्तीको मार्गमा लाग्न युद्धग्रस्त देशलाई आग्रह गरेका छन्। 

मंगलबार पोखराबाट लुम्बिनी आएका गुटेरेसलले अशान्त कुनै पनि मुलुकको हितमा नभएको भन्दै संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि आव्हान समेत गरे। 

भगवान गौतमबुद्ध जन्मिएको ठाउँ लुम्बिनीमा उभिएर विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई अत्यन्त खुसी लागेको उनको भनाइ थियो। 

साथै उनले बुद्धका सन्देश, पञ्चशील सिद्धान्त र सयुंक्त राष्ट्रसंघको मिसन मिल्दो रहेको बता ।

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्ध जन्मस्थल लुम्बिनी शान्ति र सद्भावको केन्द्र रहेको बताए। 

उनले लुम्बिनी बुद्धको जन्मस्थल, बुद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मात्र नभई शान्ति र सद्भावको केन्द्र पनि भएको बताए।

झन्डै दुई घण्टा लुम्बिनीमा बिताएपछि गुटेरेस काठमाडौं फर्किँदै छन्। उनले दिउँसाे  ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कात्तिक १४, २०८० मंगलबार १५:१९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।