विश्वकप एसिया छनोटमा मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

विश्वकप एसिया छनोटमा मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

काठमाडौं : टी–ट्वेन्टी विश्वकप एसिया छनोटअन्तर्गत मंगलबारको खेलमा मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेका मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ६५ रन बनायो।

उसका लागि सैयद अजिजले सर्वाधिक ६८ रन बनाए। जुबैदी जुल्किफले पनि २४ रन बनाउनु बाहेकबाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि अविनाश बोहराले चार विकेट लिए। उनले चार ओभर बलिङ गर्दै २७ रन खर्चिएका थिए। यस्तै, सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान एक–एक विकेट झारे।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

कात्तिक १४, २०८० मंगलबार १५:०५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।