संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा (फाेटाे फिचर)

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा (फाेटाे फिचर)
तस्बिर : विकास पराजुली

बुटवल : नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसघंका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी भ्रमणमा छन्।

मंगलबार बिहान अन्नपूर्ण बेसक्याम्प पुगेका गुटेरेस विशेष विमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी पुगेका हुन्।

महासचिव गुटेरेस पोखराबाट सिधै लुम्बिनी आएका थिए भने प्रधानमन्त्री प्रचण्ड काठमाडौँबाट लुम्बिनी आएका हुन्।

बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक भ्रमणमा आएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याला लामा लगायतले स्वागत गरेका छन्।

महासचिव गुटेरेस डेढ घण्टा लुम्बिनीमा औपचारिक कार्यक्रममा रहने लुम्बिनी विकास कोषले जनाएको छ। 

गुटेरेसले शान्ति दीप हुँदै मायादेवी मन्दिरको दर्शन र प्रार्थना गर्नेछन्। शान्ति दीपबाट मायादेवी मन्दिरसम्म उनी पैदल जानेछन्।

सो क्रममा स्थानीय आमा समूह, लुम्बिनीस्थित विभिन्न भिक्षु भिक्षुणीले स्थानीय कला संस्कृति सहित स्वागत गर्ने कार्यक्रम छ।

गुटेरेसले लुम्बिनीको अवलोकनपछि पत्रकारहरुमार्फत शान्तिभूमिबाट शान्तिको सन्देश सहितको सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

भैरहवा विमानस्थलबाट गुटेरेस हेलिकप्टर बाट लुम्बिनी पुगेका थिए। गुटेरेसले लुम्बिनीमा डेढ घण्टा विताउँने छन्।

फाेटाे फिचर :

कात्तिक १४, २०८० मंगलबार १४:२९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।