अबिनाशले लिए मलेसियाको पहिलो विकेट
काठमाडौं : टी-२० विश्वकपको एसिया छनोटअन्तर्गत समूह ‘ए’को खेलमा मलेसियाको पहिलो विकेट खसेको छ।
छैटौं ओभरको पाँचौं बलमा अबिनाश बोहराले जुबैदी जुल्किफीलाई कुशल मल्लको हातबाट क्याचआउट गराएका हुन्।
मलेसियाका कप्तान अहमद फैजले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपाल बलिङमा तानिएको थियो।
पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले विजयी भएको थियो भने मलेसिया हिजोको खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो।
नेपाल र मलेसियाबीच भएको पाँच खेलमा नेपालले चार जित्दा मलेसियाले एउटा खेल जितेको थियो।
नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन। नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोटका कारण टोलीमा छैनन्। दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिएको छ। टोलीमा नेपालले कुनै परिवर्तन गरेको छैन।
कात्तिक १४, २०८० मंगलबार १३:४७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।