जापानको अस्पतालमा गोली चल्यो

जापानको अस्पतालमा गोली चल्यो

एजेन्सी : जापानको टोडाको एक अस्पतालमा गोली चलेको छ।

स्थानीय सञ्चारमाध्यममा प्रकाशित रिपोर्टका अनुसार दुई जना घाइते भएको बताइएको छ। जसमध्ये एक जना डाक्टर र अर्का बिरामी रहेका छन्।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यममा संदिग्ध व्यक्ति ४०-५० वर्षको हुनसक्ने बताइएको छ।

सुरक्षाा अधिकारीहरूले वरपरका क्षेत्रहरूलाई घेराबन्दी गरेका छन्।

टोडा जापानको सैतामा प्रान्तको एउटा सहर हो, जहाँको जनसंख्या १ लाख ४० हजार छ।

कात्तिक १४, २०८० मंगलबार १३:२४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।