टी-२० विश्वकपको एसिया छनोटमा नेपालले टस हार्यो

टी-२० विश्वकपको एसिया छनोटमा नेपालले टस हार्यो
फाइल तस्बिर

काठमाडौं : टी-२० विश्वकपको एसिया छनोटअन्तर्गत मंगलबार भएको समूह ‘ए’को खेलमा नेपालले टस हारेको छ।

मलेसियाका कप्तान अहमद फैजले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपाल बलिङमा तानिएको छ।

पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले विजयी भएको थियो भने मलेसिया हिजोको खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो। 

नेपाल र मलेसियाबीच भएको पाँच खेलमा नेपालले चार जित्दा मलेसियाले एउटा खेल जितेको थियो।

नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन। नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोटका कारण टोलीमा छैनन्। दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिएको छ। टोलीमा नेपालले कुनै परिवर्तन गरेको छैन।

नेपालको प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा।

कात्तिक १४, २०८० मंगलबार १२:५९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।