टी-२० विश्वकप एसिया छनोटमा बहराइले हङकङलाई हरायो

टी-२० विश्वकप एसिया छनोटमा बहराइले हङकङलाई हरायो

काठमाडौं : टी-२० विश्वकपको एसिया छनोटअन्तर्गत मंगलबार भएको समूह ‘बी’को खेलमा बहराइनले पहिलो जित निकालेको छ।

१४७ रनको लक्ष्य पछ्याएको हङकङ १९.१ ओभरमा अलआउट हुँदै १२६ रनमा समेटिएपछि बहराइनले २० रनले खेल जितेको हो।

हङकङका लागि अन्सुमन रथले सर्वाधिक २८ रन बनाए। जीसान अली २१, 
ऐहजाज खान १९, नररुल्लाह रानाले १६ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बहराइनका अब्दुल मजिदले तीन, अली दाउद र रिजवान बटले समान दुई-दुई विकेट लिँदा इमरान अनवर र साथैया भीरापथीरनले समान एक-एक विकेट लिए।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको समूह बीको खेलमा टस हारेर पहिला ब्याटिङमा तानिएको बहराइन १९.३ ओभरमा अलआउट हुँदै १४६ रन बनाएको हो।

बहराइनका लागि इमरान अलीले ६३ रनको अर्धशतकीय पारी खेल्दा इमरान अनवर १५, हैदर बट १४ र रिजवान बटले १३ रन जोड्नबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

हङकङ नररुल्लाह रानाले तीन तथा ऐजाज खान, इशान खान र यासिम मुर्तजाले समान दुई–दुई विकेट लिए।

जितसँगै बहराइन दुई अंकसहित अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ।समूह बी मै रहेको युएई समान दुई अंकसहित पहिलो स्थानमा र तेस्रो स्थानमा समान दुई अंकसहित हङकङ छ।

कात्तिक १४, २०८० मंगलबार १२:३९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।