इजरायल-हमास द्वन्दमा हालसम्म ३१ पत्रकारको मृत्यु

इजरायल-हमास द्वन्दमा हालसम्म ३१ पत्रकारको मृत्यु

एजेन्सी : इजरायल र हमास द्वन्द्वमा हालसम्म कम्तीमा ३१ पत्रकारको मृत्यु भएको छ।

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे)ले हालसम्म २६ प्यालेस्टाइनी, चार इजरायली र एक लेबनानी पत्रकारको मृत्यु भएको जनाएको छ।

संगठनले एक विज्ञप्तिमा भन्यो, ‘विशेष गरी गाजामा पत्रकारहरूले असाधारण जोखिमको सामना गरिरहेका छन्। तिनीहरू खतरनाक इजरायली बम विष्फोट र भूमि हमलाहरूको सिकार भइरहेका छन्।’

मृत्यु हुनेमा प्यालेस्टिनी फिल्म निर्माता रोस्दी सराज र रोयटर्सका भिडियोग्राफर इसम अब्दल्लाह रहेका छन्।

समाचार एजेन्सी रोयटर्सले लेबनान सीमामा इजरायलबाट गोली चलाउँदा पत्रकारको मृत्यु भएको दाबी गरेको थियो।

इजरायली सेनाले यो दाबीबारे अनुसन्धान गरिरहेको बताएको छ।

इजरायली डिफेन्स फोर्सले रोयटर्स र एफपी समाचार एजेन्सीहरूलाई गाजामा काम गर्ने पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने बताएको छ।

कात्तिक १४, २०८० मंगलबार १२:१०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।