संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनीमा
बुटवल : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आएका छन्।
नेपालको औपचारिक भ्रमणमा रहेका उनी मंगलबार विहान लुम्बिनी आएका हुन्।
गुटरेस पोखराबाट लुम्बिनी आउनुअघि नै उनलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लिबहादुर चौधरी, संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली बिहानै लुम्बिनी आईपुगेका थिए।
भैरहवा विमानस्थलबाट गुटेरेस हेलिकप्टरबाट लुम्बिनी पुगेका थिए। गुटेरेसले लुम्बिनीमा डेढ घण्टा बिताउनेछन्।
लुम्बिनी जानुअघि उनी अन्नपूर्ण बेस क्याम्प पुगेका थिए। उनले आजै संघिय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ।
कात्तिक १४, २०८० मंगलबार ११:३५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।