सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौं : साताको तेस्रो दिन सुनको मूल्य घट्दा चाँदीको बढेको छ।
सोमबारको तुलनामा मंगलबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाल सुन तोलाको १ लाख १६ हजार रुपैयाँ कायम भएको छ।
तेजाबी सुनको मूल्य भने १ लाख १५ हजार ४५० रुपैयाँ रहेको छ।
चाँदीको मूल्य भने १० रुपैयाँले बढेर मंगलबार १ हजार ४२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
सुनको मूल्य कात्तिक ११ गते अहिलेसम्मकै उच्च १ लाख १७ हजार रुपैयाँ प्रतितोला पुगेको थियो।
कात्तिक १४, २०८० मंगलबार ११:०९:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।