परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच भेट

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच भेट

काठमाडौं : अमेरिकामा रहेका परराष्ट्र मन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच अमेरिकी विदेश मन्त्रालयमा भेटवार्ता भएको छ।

गए राति भएको द्विपक्षीय भेटमा विकास साझेदारी, लगानी र प्रविधि, व्यापार र बजारको पहुँच, कृषि र खाद्य सुरक्षालगायतका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटमा साउद र ब्लिङ्केनबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चासोका विषयमा समेत छलफल भएको छ।

परराष्ट्रमन्त्री साउदले भेटका क्रममा नेपालले अल्पविकसित देशबाट मध्यमस्तरको देशमा स्तरोन्नतिका लागि कार्ययोजना बनाएकाले थप सहयोगको खाँचो रहेको भन्दै नेपाललाई व्यापार तथा लगानी, बजारको पहुँच वृद्धि, कृषि तथा सूचना प्रविधिको विकासका लागि सहयोग गर्न अमेरिकी सरकारसँग अनुरोध गरेका छन्।

५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै १२ कार्तिकमा अमेरिका गएका साउदले युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिसको कार्यक्रम, उच्चस्तरीय भेटवार्त गर्ने तय छ।

नेपाली–अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि तथा नेपाली–अमेरिकी व्यवसायीसँगको अन्तरक्रियामा सहभागिता जनाएपछि मन्त्री राउद कात्तिक १९ गते स्वदेश फर्किनेछन्।

कात्तिक १४, २०८० मंगलबार १०:५४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।