विश्वकप एसिया छनोटमा ओमानले सिंगापुरलाई दियो १७५ रनको लक्ष्य

विश्वकप एसिया छनोटमा ओमानले सिंगापुरलाई दियो १७५ रनको लक्ष्य

काठमाडौं : टी-२० विश्वकपको एसिया छनोटमा मंगलबार भएको खेलमा ओमानले सिंगापुरलाई १७५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको छ।

ओमानका लागि उपकप्तान आकिब इलियास खानले ६३ रनको अर्धशतकीय पारी खेल्दा प्रतिक अथाभेल ४२, कप्तान जीसान मक्सुद २६ र कश्यम प्रजापतिले १२ रन जोडे।

सिंगापुरका जनक प्रकाश, अनिश पराम र रमेश कलिमुथुले समान दुई–दुई विकेट लिए।

सिंगापुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

१४ कात्तिक, २०८०, १०:३४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।