बारामा प्रिन्सिपल हत्यामा संलग्न रहेको आशंकामा तीन भारतीयसहित छ जना पक्राउ

बारामा प्रिन्सिपल हत्यामा संलग्न रहेको आशंकामा तीन भारतीयसहित छ जना पक्राउ

काठमाडौं : बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन भारतीयसहित छ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक र तीन जना नेपाली नागरिक रहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन।

प्रहरीका अनुसार सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चारजनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।

टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा  वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो।

कात्तिक १४, २०८० मंगलबार ०९:१५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।