टी-ट्वेन्टी विश्वकप एसिया छनोट : सिंगापुर र हङकङले टस जिते
काठमाडौं : सन् २०२४ मा हुने टी-ट्वेन्टी विश्वकप क्रिकेटमा सहभागी हुनका लागि भएको एसिया छनोटमा बिहानको दुवै टोलीले टस जितेर बलिङ रोजेका छन्।
त्रिवि क्रिकेट मैदानमा हुन लागेको समूह ‘ए’को सिंगापुर र ओमानविरुद्धको खेलमा सिंगापुरले टस जितेको छ।
सोमबार भएको खेलमा सिंगापुर नेपालसँग ८ विकेटले पराजित भएको थियो भने ओमानले मलेसियालाई ३२ रनले स्तब्ध पारेको थियो।
उता माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने हङकङ र बहराइनबीचको खेलमा हङकङले टस जितेको छ।
सोमबार हङकङले कुवेतलाई १६ रनले पराजित गर्दा बहराइन युएईसँग ५ विकेटले स्तब्ध बनेको थियो।
कात्तिक १४, २०८० मंगलबार ०८:४८:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।