जारी विश्वकपमा बंगलादेशले आज पाकिस्तानको सामना गर्दै

जारी विश्वकपमा बंगलादेशले आज पाकिस्तानको सामना गर्दै

काठमाडौं : भारतमा जारी विश्वकप क्रिकेटमा आज बंगलादेशले पाकिस्तानको सामना गर्दैछ।

खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे कोलकत्ताको इडन गार्डेन रंगशालामा हुनेछ।

बंगलादेशले विश्वकपको पछिल्ला पाँच खेलमा पराजय भोगेको छ भने पाकिस्तानले पनि पछिल्ला चार खेलमा जित निकाल्न सकेको छैन।

यी दुई टोलीबीच भएका पछिल्ला पाँच खेलमा बंगलादेशले तीन र पाकिस्तानले दुई खेलमा जित निकालेको छ।

१० देश सम्मिलित विश्वकपमा पाकिस्तान ४ अंकसहित सातौं स्थानमा रहँदा बंगलादेश दुई स्थानसहित पुच्छारबाट दोस्रो स्थानमा छ।

कात्तिक १४, २०८० मंगलबार ०८:३६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।