विश्कपमा अफगानिस्तानको तेस्रो जित, सेमिफाइनलको सम्भावना कायमै

विश्कपमा अफगानिस्तानको तेस्रो जित, सेमिफाइनलको सम्भावना कायमै

काठमाडौं : विश्वकपमा अफगानिस्तान क्रिकेट टोलीको तेस्रो जित निकालेको छ।

पुनेमा भएको खेलमा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गरेसँगै जारी विश्वकपमा उसको यो तेस्रो जित हो।

श्रीलंकाले अफगानिस्तानलाई जितका लागि २४२ ​​रनको चुनौती दिएको थियो। यो लक्ष्य अफगानिस्तानले २८ बल बाँकी छँदै तीन विकेट गुमाएर पूरा गरेको हो।

अफगानिस्तानका लागि अजमातुल्लाह ओमरजाईले अविजित ७३ र कप्तान हसमतुल्लाह शाहिदीले अविजित ५८ रन बनाए।

यसअघि अफगानिस्तानले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड र पाकिस्तानलाई पराजित गरिसकेको छ।

अफगानिस्तानले टस जितेर श्रीलंकालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। श्रीलंकाको टोली ४९.३ ओभरमा २४१ रन बनाएर अलआउट भएको थियो।

श्रीलंकाका लागि पी निशाङ्कले सर्वाधिक ४६ रन बनाए। अफगानिस्तानका फजल फारुकी एक्लैले ४ विकेट लिए।

अफगानिस्तानले ४५.२ ओभरमा जितको लक्ष्य पूरा गरेको थियो। यो जितपछि अफगानिस्तान ६ अंकसहित अंक तालिकाको पाँचौं स्थानमा पुगेको छ।

भारत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अष्ट्रेलियाका टोली मात्रै अगाडि छन्।

श्रीलंका, पाकिस्तान, नेदरल्यान्ड्स, बंगलादेश र इंग्ल्याण्ड उनको पछि परेका छन्।

अफगानिस्तानले अझै तीन खेल खेल्न बाँकी छ र सेमिफाइनल पुग्ने सम्भावनालाई जीवितै राखेको छ।

कात्तिक १४, २०८० मंगलबार ०७:५४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।