मानव बेचबिखन अभियोगमा विमानस्थलमा कार्यरत प्रहरी नै पक्राउ

मानव बेचबिखन अभियोगमा विमानस्थलमा कार्यरत प्रहरी नै पक्राउ

काठमाडौं : मानव बेचबिखनमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एकजना प्रहरी नै पक्राउ परेका छन्।

सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी हिजो नै अदालतबाट म्याद लिई अनुसन्धान सुरू गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तामाङको मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरी उनिमाथि आवश्यक अनुसन्धान भैरहेको छ।

मानव बेचबिखनमा संलग्न गिरोहसँग मिलेर तामाङले नक्कली कागजात बनाउने र भ्रमण भिसामा समेत नागरिकलाई विदेश पठाउने कार्यमा उनको संलग्नता पाइएको प्रहरीले जनाएको छ।

तामाङसँगै मानव तस्करीकै अभियोगमा अर्का एक व्यक्ति समेत पक्राउ परेको प्रहरीले जनाएको छ।

कात्तिक १४, २०८० मंगलबार ०७:४५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।