नेपाल भ्रमणमा रहेका गुटरेसले आज संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने

नेपाल भ्रमणमा रहेका गुटरेसले आज संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने

काठमाडौं : नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दैछन्।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अपराह्न ४ बजे गुटेरेसले सम्बोधन गर्न लागेका हुन्।

बैठक आरम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ। उनको सम्बोधनलगत्तै बैठकले धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ।

संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको अभिलेख राख्नेछ।

बैठकको तयारी अन्तिम चरणमा पुगिसकेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

उनका अनुसार बिहान १० बजेसम्ममा साजसज्जालगायत सबै तयारी पूरा हुनेछ।

त्यसअघि गुटरेसले विश्वसम्पदा सूचीमा रहेको लुम्बिनी भ्रमणमा जानेछन्। उनीसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि लुम्बिनी जाँदैछन्।

कात्तिक १४, २०८० मंगलबार ०७:३५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।