मेस्सीलाई आठौं पटक बालोन डि’ओर

मेस्सीलाई आठौं पटक बालोन डि’ओर

एजेन्सी : अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले आठौं पटक विश्वकै प्रतिष्ठित बालोन डी’ओर जितेका छन्।

यो उपाधि फ्रान्स फुटबल म्यागजिनले हरेक वर्ष विश्वको उत्कृष्ट खेलाडीलाई दिने गर्दछ। उनी नै सबैभन्दा धेरैपटक यो अवार्ड जित्ने खेलाडी हुन्।

मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा यो अवार्ड जितिसकेका छन्।

कतार विश्वकपमा अर्जेन्टिना विश्वविजेता भएसँगै आठौं पटकका लागि मेस्सीलाई यो उपाधिको प्रमुख हकदार मानथिएको थियो।

यसपटक नर्वेका एर्लिङ हलान्डलाई पछि पार्दै उनी उक्त उपाधि चुम्न सफल भएका हुन्।

मेस्सीले विश्वकप यात्रामा सात गोल गर्दै उत्कृष्ट खेलाडी उपाधि समेत हात पारेका थिए।

१६औं पटक मनोनयनमा परेका मेस्सीले बालोन डि ओर अवधि भरि ३८ गोल र २५ असिस्ट गरेका थिए।

यस्तै महिला तर्फको बालोन डि’ ओर स्पेन र बार्सिलोनाकी खेलाडी आईटाना बोनमाटीले जितेको छन्। मबोनमाटीले समेत यसवर्ष नै अष्ट्रेलियामा भएको विश्वकप जितेकी थिइन्।

कात्तिक १४, २०८० मंगलबार ०७:२८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।