आजको मौसम : पहाडमा हल्का वर्षा, उच्च हिमालमा हल्का हिमपातको सम्भावना

आजको मौसम : पहाडमा हल्का वर्षा, उच्च हिमालमा हल्का हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो दिउँसो देशभर आंशिक बदली रही पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाले बुधबार र बिहीबारको मौसम पनि सामान्यतया सफा रहने जानकारी गराएको छ।

कात्तिक १४, २०८० मंगलबार ०७:२२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।