अछाममा जीप दुर्घटना , ८ जना घाइते

अछाममा जीप दुर्घटना , ८ जना घाइते

धनगढी : अछाममा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

सोमबार जिल्लाको मेल्लेख गाउँपालिका–७ मा सु.प.प्र. ०१–००१ ज १३५९ नम्बरको जिप दुर्घटना भएको हो।

मेल्लेखबाट साँफेतर्फ गइरहेको जिप ब्रेक फेल भएर सडकमा पल्टिदा जीप चालक मेल्लेख गाउँपालिका-७ का २५ वर्षीय महेश खड्का, मेल्लेख गाउँपालिका-६ का २१ वर्षीया सानु कुँवर, २६ वर्षीय उत्तम खड्का, १८ वर्षीय समिर रावत, ३५ वर्षीय राजेन्द्र रावत, ५० वर्षीय टेकबहादुर रावल घाइते भएका छन्।

त्यस्तैै सोहि गाउँपालिका-५ का १८ वर्षीय सतिष नेपाली र २३ वर्षीय योगेन्द्र खड्का घाइते भएका छन्।

घाइते ४ जनाको अवस्था मध्यम रहेको र ४ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घाइते सबैकाे न्याय हेल्थ अस्पताल अछाममा उपचार भइरहेको छ।

कात्तिक १३, २०८० सोमबार २१:४८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।