हमासकाे आक्रमणबाट मारिएका थप दुई नेपालीको शव पहिचान, विपिनको अवस्था अझै अज्ञात

हमासकाे आक्रमणबाट मारिएका थप दुई नेपालीको शव पहिचान, विपिनको अवस्था अझै अज्ञात

काठमाडौं : इजरायलमा प्यालेस्टाइनी समूह हमासको आतङ्ककारी हमलामा मारिएका थप दु्ई जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ। 

७ अक्टोवरमा हमासको आक्रमणमा मारिएका सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अवीवस्थित नेपाली दूतावासले जानकारी दिएको छ। 

सोमबार साँझ एक  प्रेस वक्तव्य जारी गर्दै दूतावासले पहिचान हुन बाँकी स्वर्णकार र शाहको शव पहिचान भएको बताउँदै यथाशीघ्र स्वदेश पठाउन व्यवस्था मिलाउने जनाएको हो। 

दक्षिणी इजरायलमा ७ अक्टोबरमा हमासको आक्रमणमा परी नेपालबाट पढ्दै कमाउँदै कार्यक्रमका लागि इजरायल पुगेका भएको १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। आक्रमणमा परी ६ जा घाइते भएका थिए।

कञ्चनपुरका विपिन जोशी अझै वेपत्ता छन्। उनी हमासको नियन्त्रणमा रहेको आशंका गरिएको छ। 

कात्तिक १३, २०८० सोमबार २१:३०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।