शिक्षक स्वर्णकार हत्या प्रकरण : थप २ जना पक्राउ

शिक्षक स्वर्णकार हत्या प्रकरण : थप २ जना पक्राउ
फाइल फोटो

काठमाडौं : बारामा शिक्षक रुपेश स्वर्णकारको हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

कलैया उपमहानगरपालिका-६ स्थित बाल एकता स्कुलमा कार्यरत शिक्षक स्वर्णकारको गोली हानेर हत्या गरेको आरोपमा थप दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ। 

सोमबार दिउँसो करिब सवा १ बजे गोली हानेर हत्या शिक्षक स्वर्णकारका हत्या गरिएको थियो। हत्या आरोपमा सोमबार अपरान्ह प्रहरीले एक महिलालाई समेत पक्राउ गरेको थियो।

केहीबेर अघि थप दुई पुरूषलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेश काफ्लेले जानकारी दिए।

पक्राउ परेका दुई पुरूष र महिलाले अपराध स्वीकार गरिसकेको पनि प्रहरीले जनाएको छ। अहिले अनुसन्धान भइरहकाले आरोपितको परिचय खुलाउन नमिल्ने उनले बताए।

यी तीन जनाबाहेक घटनामा संलग्न थप दुई जना ’ट्रेस’ भइसकको समेत प्रहरी स्रोतले जनाएको छ। 

सोमबार दिउँसो सवा १ बजे मोटरसाइकलमा घरतिर गइरहेका बेला बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक स्वर्णकारलाई अज्ञात समूहले गोली हानेको थियो। 

कलैया उपमहानगरपालिका-६ का वडाअध्यक्ष रामविश्वास ठाकुर लोहारका अनुसार स्कुल नजिक पुग्ने बेला उनलाई दुई वटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले घेरेका थिए।

गोली लागे लगत्तै उनलाई कलैया अस्पतालमा उपचार गरेर थप उपचारका लागि वयोधा अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। 

प्रहरीले घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको बताउँदै पत्रकार सम्मेलन मार्फत जानकारी दिइने बताएको छ। 

कात्तिक १३, २०८० सोमबार २०:५७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।