राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १७ करोड लगानी गर्दै
काठमाडौँ : नेपाल राष्ट्र बैँकले मुद्दती खातामा रहेको १७ करोड ६७ लाख रूपैँया लगानी योग्य रकम बैँक तथा वित्तीय संस्थाहरूमा लगानी गर्ने जनाएको छ।
राष्ट्र बैँकले सोमबार सूचना जारी गर्दै बैँक तथा वित्तीय संस्थामा लगानी गर्ने जनाएको हो। राष्ट्र बैङ्कको अनुसार २०८० मङ्सिर ४ गते देखि २०८१ मङ्सिर ३ गते सम्म ३६५ दिनको मुद्दती निक्षेपको रूपमा लिन चाहने बैँक तथा वित्तीय संस्थाले सोमबार राती १२ बजेभित्र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो।
‘क’ वर्ग (वाणिज्य बैँक) को लागि १४ करोड १४ लाख ‘ख’ वर्ग (विकास बैँक) को लागि २ करोड ६५ लाख र ‘ग’ वर्ग (राष्ट्रिय वित्त कम्पनी) को लागि ८८ लाख रूपैँया लगानी गर्ने केन्द्रीय बैँकले जनाएको हो।
कात्तिक १३, २०८० सोमबार २०:४६:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।