मर्यादाक्रमसम्बन्धी विधेयक समितिबाट पारित, काठमाडौंका मेयरको मर्यादाक्रम घटाउने प्रस्ताव

मर्यादाक्रमसम्बन्धी विधेयक समितिबाट पारित, काठमाडौंका मेयरको मर्यादाक्रम घटाउने प्रस्ताव

काठमाडौं : राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले राष्ट्रिय मर्यादाक्रमसम्बन्धी विधेयक संशोधनसहित पारित गरेको छ। 

सोमबमर बसेका विधायन समितिको वैठककले संसोधनसहितको विधेयक पारित गरेको हो। 

विधेयकमा क्रमशः राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र चौथो नम्बरमा प्रधानन्यायाधीशको मर्यादा क्रम राखिएको छ।

यसअघि, सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई चौथो नम्बरमा राखेर प्रधानन्यायाधीशलाई पाँचौँ वरीयतामा राख्न विधेयकमा प्रस्ताव गरिएको थियो।

त्यस्तै, समितिले काठमाडौं महानगरपालिका प्रमुखको मर्यादाक्रम घटाउने प्रस्ताव गरेको छ। हाल काठमाडौं महानगर पालिका प्रमुखको मर्यादाक्रम १० औं स्थानमा छ।

यो विधेयकको प्रतिवेदन मंगलबार राष्ट्रिय सभाको बैठकमा पेश गर्ने सम्भावित कार्यसूची छ । राष्ट्रिय सभाको बैठक मंगलबार साँझ ४ बजेर ४६ मिनेटमा बस्ने गरी बोलाइएको छ।

कात्तिक १३, २०८० सोमबार २०:०३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।