बिन्दुकुमारीको स्थानमा सञ्जिला यादवलाई समानुपातिक सांसद बनाउने जसपाको निर्णय

बिन्दुकुमारीको स्थानमा सञ्जिला यादवलाई समानुपातिक सांसद बनाउने जसपाको निर्णय

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले सञ्जिला कुमारी यादवलाई मधेस प्रदेश सभाको समानुपातिक सांसद बनाउने निर्णय गरेको छ।

सोमबार आज पार्टी कार्यालय बालकुमारीमा बसेको पार्टी केन्द्रीय कार्यकारिणी समिति बैठकले सञ्जिलालाई बिन्दुकुमारी यादवको स्थानमा सिफारिस गर्ने निणर्य गरेको हो।

बिन्दुकुमारी यादवको गत भदौमा निधन भएको थियो।

त्यस्तै, बैठकमा संसदमा रहेको विभिन्न विधेयकहरूमाथि पनि छलफल भएको कार्यकारिणी सदस्य प्रकाश अधिकारिले बताए।

कात्तिक १३, २०८० सोमबार १८:४७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।