बैतडीमा १८ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

बैतडीमा १८ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ
फाइल फोटो

बैतडी : बैतडीमा १८ बर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक जना किशोर पक्राउ परेका छन्। 

पञ्चेश्वर गाउँपालिका ४ की १८ बर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँका १८ बर्षीय किशोर पक्राउ परेको बैतडी प्रहरीले जानकारी दिएको छ।  

ती किशोरले किशोरीलाई  गत असार २७ र भदौ २३ गते राति घरमै बोलाएर जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। 

आइतबार पक्राउ परेका किशोरमाथि अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए।

कात्तिक १३, २०८० सोमबार १७:१९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।