कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाउनुस्, एक हजार थपेर सबै दिन्छु : अध्यक्ष ओली

कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाउनुस्, एक हजार थपेर सबै दिन्छु : अध्यक्ष ओली
फाइल फोटो

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाउन चुनौती दिएका छन्।

एमाले गण्डकी प्रदेशले सोमबार पोखरामा  आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कम्बोडियामा ३ हजार करोड राखेको प्रमाणित गर्नेलाई धेरै नाफा हुने विजनेसदिने बताए।

‘देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु’, ओलीले भने।

आफू र पार्टीको बदनाम बनाउन विदेशमा पैसा लगानी गरेको छ भन्नेजस्ता आरोपहरु लगाउने गरिएको उनको भनाइ थियो।

मेडिकल व्यवसायी दुर्गा प्रसाइले केही दिनअघि ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको बताएका थिए।

कात्तिक १३, २०८० सोमबार १६:५८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।