मानव तस्करीको आरोपमा त्रिभुवन विमानस्थल सुरक्षामा खटिएका प्रहरी पक्राउ

मानव तस्करीको आरोपमा त्रिभुवन विमानस्थल सुरक्षामा खटिएका प्रहरी पक्राउ

काठमाडौं : मानव तस्करीमा संलग्न भएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना प्रहरी पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङ रहेका प्रहरीले जनाएको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीलाई उनलाई पक्राउ गरेको हो।

तामाङले मानव तस्करको गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भिजिट भिसामा सर्वसाधारणलाई दुबई, मलेसिया लगायतका खाडी मुलुक पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।  

प्रहरी स्रोतका अनुसार उनी मानव तस्करका गिरोहसँग मिलेर भिजिट भिसामा सर्वसाधारणलाई खाडी मुलुक उडाउने कार्यमा संलग्न थिए।

यसबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

कात्तिक १३, २०८० सोमबार १६:२८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।