ट्राफिक चेकिङमा अब ‘नागरिक एप’बाटै लाइसेन्स देखाउँदा हुने

ट्राफिक चेकिङमा अब ‘नागरिक एप’बाटै लाइसेन्स देखाउँदा हुने

काठमाडौं : अब ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र देखाउन मिल्ने भएको छ। 

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार मन्त्रिपरिषदको निर्णयअनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको हो।

प्रहरी प्रधान कार्यलयले मातहतका ट्राफिक कार्यालयहरुलाई परिपत्र गरिसकेको बताइएको छ।

सूचना प्रविधि केन्द्रले आफ्नो यदि नागरिक एपमा सवारी चालक अनुमति पत्र लिंक गर्न चालकहरुलाई अनुरोध गरेको छ ।

कात्तिक १३, २०८० सोमबार १६:०७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।