एकल अङ्कले बढ्यो नेप्से, ६९ करोड ४२ लाख रुपैयाँको कारोबार

एकल अङ्कले बढ्यो नेप्से, ६९ करोड ४२ लाख रुपैयाँको कारोबार

काठमाडौं : कारोबारको पहिलो दिन आइतवार २८ अङ्कले घटेको शेयर बजार दोस्रो दिन आज (सोमबार) एकल अङ्कले बढेकाे छ। 

नेप्से आज तीन दशमलव शून्य चार अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० विन्दुमा पुगेर बन्द भयो।

कारोबारको यसदिन होटल, उत्पादन र म्युचल फन्डबाहेक सबै समूहको शेयर सामान्य उकालो लागेको छ। 

सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशत र मन्दाकिनी हाइड्रोको शेयर झन्डै छ प्रतिशतले बढेको छ। 

बजार सामान्य बढेको दिन २८ लाख २४ हजार कित्ता शेयर ६९ करोड ४२ लाख रुपैयाँमा  खरिद बिक्री भएका छन्। 

कात्तिक १३, २०८० सोमबार १५:३६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।