गोली लागेर घाइते भएका बाराका शिक्षक स्वर्णकारको मृत्यु

गोली लागेर घाइते भएका बाराका शिक्षक स्वर्णकारको मृत्यु

बारा : अज्ञात समूहको गोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।

उपचारका क्रममा सोमबार दिउँसो २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए। 

शिक्षक स्वर्णकारलाई मोटरसाइकल चढेर आएका व्यक्तिहरूले सोमबार दिउँसो करिब सवा १ बजेतिर गोली प्रहार गरेका थिए। उनको घाँटी र टाउकोमा गोली लागेको थियो।

स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्ज लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले गोली प्रहार गर्ने समूहको खोजी तिव्र पारेको 

कात्तिक १३, २०८० सोमबार १५:०९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।