सगरमाथा क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्छाैँ : महासचिव गुटेरेस

सगरमाथा क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्छाैँ : महासचिव गुटेरेस
फाइल फोटो

काठमाडौं : नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रमा देखिएका असरसँग लड्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार उच्च हिमाली क्षेत्रको अवलोकनका क्रममा सोलुखुम्बुको खुम्जुङ पुगेका उनले जलवायु परिवर्तनको मारमा हिमाली क्षेत्र परेको भन्दै असर न्यूनीकरणका लागि सहयोग गर्न आफू तयार रहेको बताए। 

नेपाली सेनाको हेलिकप्टरमार्फत् खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङ पुगेका गुटेरेसले विकसित राष्ट्रहरुको नियति विकासशील राष्ट्रहरूले भोग्नु परेको भन्दै दुःख व्यक्त गरे।

जलवायु परिवर्तनको कारण हिमालमा हिउँ पग्लिन थालेको भन्दै हिमाली बस्ति हिमपहिरोको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन्। 

भ्रमणका मंगलबार उनी सगरमाथा क्षेत्र र पोखराका साथै अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने छन्। 

यही कात्तिक १४ गते मगंलबार अपराह्न उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्।

कात्तिक १३, २०८० सोमबार १४:३०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।