ब्राजिलमा क्याराभान विमान दुर्घटना, चालकसहित १२ जनाको मृत्यु

ब्राजिलमा क्याराभान विमान दुर्घटना, चालकसहित १२ जनाको मृत्यु

एजेन्सी : ब्राजिलको एकर राज्यमा विमान दुर्घटना हुँदा एक शिशुसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ।

सिङ्गल इन्जिन ससेन क्याराभान विमान रियो ब्र्याङ्को विमानस्थल नजिकै दुर्घटना भएको एकर राज्य सरकारले जानकारी दिएको छ। 

दुर्घटनामा विमान चालक र सहचालकसहित नौ वयस्क र एक शिशुसहित सबै १२ जना यात्रुको निधन भएको हो। 

अल जजिराका अनुसार मर्ने यात्रुहरूको राष्ट्रियता पत्ता लागेको छैन। यसैबीच अधिकारीहरूले दुर्घटनाको अनुसन्धान गरिने घोषणा गरेका छन्। 

स्थानीय कम्पनी एआरटी ट्याक्सी एरेओले सञ्चालन गरेको उक्त विमान छिमेकी अमेजनस राज्यको एनविरा सहरतर्फ गइरहेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको स्थानिय सञ्चार माध्यमहरुले जनाएका छन्।

कात्तिक १३, २०८० सोमबार १४:०८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।