एमालेलाई दुःख हुँदा सिंगो नेपाललाई दुःख हुन्छ : एमाले नेता श्रेष्ठ

एमालेलाई दुःख हुँदा सिंगो नेपाललाई दुःख हुन्छ : एमाले नेता श्रेष्ठ

काठमाडौं : नेता कृष्णगोपाल श्रेष्ठले, संघीय लोकतान्तित्र गणतन्त्र स्थापनाको नायक एमाले भएको जिकिर गरेका छन्।

एमाले काठमाडौं महानगर कमिटीले, काठमाडौंमा नेपाल संवत ११४४ को अवसरमा आयोजना गरेको कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्र स्थापनाको नायक एमाले भएको जिकिर गरे।

उनले भने ‘नेपाल सम्वत् ११४४, नववर्षको भिन्तुना भनेर मात्रै हामी यहाँ जम्मा भएका छैनौँ। निरङ्कुश राजासहितको निरदलीय तानाशाही पञ्चायत व्यवस्था फ्याक्ने आन्दोलनमा यो अभियानको प्रमुख भूमिका छ। त्यस्तै आज मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र यहाँसम्म ल्याउने क्रममा यो एउटा आन्दोलन हो। यो आन्दोलनको नायक एमाले हो । हामीले गर्वसँग भन्नुपर्छ।’

एमालेले नै नेपाल सम्वत् मनाउने औपचारिक कार्यक्रम थालनी गरेको उनको भनाइ छ।

‘नेकपा एमाले नै यस्तो पार्टी हो, जसले बसन्तपुरमा हुने कार्यक्रममा १११९ देखि नेकपा एमालेको ब्यानरबाट सहभागी भएर आजसम्म यसलाई निरन्तरता दिइरहेको छ कुनै अरू पार्टीको ब्यानर त्यहाँ आउँने आँट गर्दैन।’

राष्ट्रको सुख दुख एमालेको सुख दुखसँग जोडिएको उनको तर्क छ।

‘एमालेको लागि शुभ हुदाँ सिंगो देशको लागि शुभ हुन्छ र एमालेलाई दुख हुदाँ सिंगो नेपाललाई दुःख हुन्छ। ११४३ सिंगो नेपाली जनता, राष्ट्र र लोकतन्त्रको लागि दुःखद् रहेको छ। अब ११४४ मुलुकको लागि एउटा सफल वर्ष सुख वर्ष रहोस् भन्ने कामना गर्न चाहन्छु।’

कात्तिक १३, २०८० सोमबार १३:५२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।