क्वालिफाइको सम्भावना कत्तिको देख्नुहुन्छ?, गुल्सन भन्छन्- हन्ड्रेड पर्सेन्ट!

क्वालिफाइको सम्भावना कत्तिको देख्नुहुन्छ?, गुल्सन भन्छन्- हन्ड्रेड पर्सेन्ट!

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका खेलाडी गुल्सनकुमार झाले नेपालले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वेन्टी विश्वकपमा छनोट हुने शतप्रतिशत सम्भावना देखेको बताएका छन्।

विश्वकप छनोटमा सिंगापुरविरुद्धको खेलपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले नेपाल विश्वकपमा छनोट हुने शत प्रतिशत सम्भावना रहेको बताएका हुन्।

सञ्चारकर्मीले सोधेको ‘सम्भावना कत्तिको देख्नुहुन्छ क्वालिफाइ हुने?’ भन्ने प्रश्नको जवाफमा गुल्सनले भने, ‘हन्ड्रेड पर्सेन्ट।’

त्यसपछि सँगै रहेका कुशल भुर्तेल र उनी हाँसेका थिए।

‘१९ वर्षमुनिको विश्वकप खेल्न पनि तपाईंले पाउँदै हुनुहुन्छ नि हैन?’ भन्ने अर्को प्रश्नका गुल्सनले अहिले आफ्नो सम्पूर्ण ध्यान विश्वकप छनोटमा रहेको बताए।

‘अण्डर १९ विश्वकप खेल्नेबारे छ त थाहा छैन, क्वालिफायरको लागि सबै फोकस अहिले यतै छ।’

कात्तिक १३, २०८० सोमबार १२:५०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।