प्रहरीले अस्पताल पुर्‍याएको दाङका कैदी शाैचालयबाट भागेपछि...

प्रहरीले अस्पताल पुर्‍याएको दाङका कैदी शाैचालयबाट भागेपछि...

घोराही : चोरी अभियोगमा पक्राउ परेका एक जना कैदी फरार भएका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल चेकजाँचका लागि प्रहरीले ल्याएको बेला कैदी फरार भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक मल्लले कैदी फरार रहेको पुष्टि गरे। उनले फरार कैदीको खोजी कार्य तीव्र पारिएको जानकारी दिए।

प्रतिष्ठानमा उपचार गर्न आएका कैदी शौच गर्न शौचालय जाने भएपछि प्रहरीले हत्कडी खोलेपछि उनि फरार भएका छन्।

प्रहरीले चोरी अभियोगमा प्रहरी हिरासतमा रहेका कैदीको बारेमा विवरण सार्वजनिक गरेको छैन।

कात्तिक १३, २०८० सोमबार ११:४९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।