विश्वकप एसिया छनोटमा सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

विश्वकप एसिया छनोटमा सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं : टी–ट्वेन्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो।

उसका लागि रोहन रंगराजनले सर्वाधिक ४८ रन बनाए। आर्यबीर चौधरी ३७, मनप्रित सिंह २४ रनमा आउट हुँदा अक्षय पुरीले नटआउट १३ रन जोड। बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका अबिनाश बोहराले तीन, करण केसी, गुल्सन झा र सन्दीप लामिछानेले एक–एक विकेट लिए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

कात्तिक १३, २०८० सोमबार १०:४७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।