सिंगापुरको आधा टोली पेभेलियन फर्कियो, सन्दीपले लिए अर्को विकेट
काठमाडौं : सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसिया छनोटमा नेपालले सिंगापुरको आधा टोली पेभेलियन फर्काएको छ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो।
सन्दीप लामिछानेले एघारौं ओभरको दोस्रो बलमा जनक प्रकाशलाई एलबीडब्लु आउट गरेका हुन्।
यसअघि गुल्सनले आठौं ओभरको दोस्रो र पाँचौं बलमा क्रमश: विस्फोटक ब्याटन्सम्यान रोहन रङ्गराजन र अमर्त्य कौललाई आउट गरेका थिए।
रोहनलाई सन्दीप जोराको हातबाट क्याचआउट गराएका उनले अमर्त्यको क्याच भने आफैँले लिए।
रोहनले ३० बलमा नौ चौका र एक छक्कासहित ४६ रनको विस्फोटक पारी खेलेका थिए।
त्यसअघि सन्दीप लामिछानेले सातौं ओभरको पाँचौं बलमा सुरेन्द्रन चन्द्रमोहनलाई बोल्डआउट गरेका थिए।
करण केसीले पहिलो ओभरको दोस्रो बलमा सिंगापुरका ओपनर ब्याट्सम्यान तथा कप्तान अरित्रा दत्तलाई बोल्ड गरेका थिए।
कात्तिक १३, २०८० सोमबार ०९:५८:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।