गुल्सनले एकै ओभरमा लिए दुई विकेट

गुल्सनले एकै ओभरमा लिए दुई विकेट

काठमाडौं : सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसिया छनोटमा नेपालका गुल्सनकुमार झाले एकै ओभरका सिंगापुरको दुई विकेट लिएका छन्।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो।

गुल्सनले आठौं ओभरको दोस्रो र पाँचौं बलमा क्रमश: विस्फोटक ब्याटन्सम्यान रोहन रङ्गराजन र अमर्त्य कौललाई आउट गरे।

रोहनलाई सन्दीप जोराको हातबाट क्याचआउट गराएका उनले अमर्त्यको क्याच भने आफैँले लिए। योसँगै सिंगापुरको चार विकेट पतन भएको छ।

रोहनले ३० बलमा नौ चौका र एक छक्कासहित ४६ रनको विस्फोटक पारी खेलेका थिए।

यसअघि सन्दीप लामिछानेले सातौं ओभरको पाँचौं बलमा सुरेन्द्रन चन्द्रमोहनलाई बोल्डआउट गरेका थिए।

त्यसअघि करण केसीले पहिलो ओभरको दोस्रो बलमा सिंगापुरका ओपनर ब्याट्सम्यान तथा कप्तान अरित्रा दत्तलाई बोल्ड गरेका थिए।

१३ कात्तिक, २०८०, ०९:४७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।