सन्दीपले लिए नेपालका लागि दोस्रो विकेट
काठमाडौं : सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसिया छनोटमा नेपालले सिंगापुरको दोस्रो विकेट लिएको छ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो।
सिंगापुरको दोस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन्। उनले सातौं ओभरको पाँचौं बलमा सुरेन्द्रन चन्द्रमोहनलाई बोल्डआउट गरेका हुन्।
उनी १० बलमा छ रन बनाएर आउट भए।
यसअघि करण केसीले पहिलो ओभरको दोस्रो बलमा सिंगापुरका ओपनर ब्याट्सम्यान तथा कप्तान अरित्रा दत्तलाई बोल्ड गरेका थिए।
दत्त खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए।
कात्तिक १३, २०८० सोमबार ०९:३८:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।