सिंगापुरविरुद्ध करणले लिए पहिलो विकेट
काठमाडौं : सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार नेपालले सिंगापुरको पहिलो विकेट लिएको छ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिंगापुरले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो।
सिंगापुरको पहिलो विकेट नेपाल बलर करण केसीले लिएका हुन्।
उनले पहिलो ओभरको दोस्रो बलमा सिंगापुरका ओपनर ब्याट्सम्यान अरित्रा दत्तलाई बोल्ड गरेका हुन्।
सिंगापुरको कप्तानसमेत रहेका दत्त खाता खोल्नुअघि नै पेभेलियन फर्किएका हुन्।
कात्तिक १३, २०८० सोमबार ०९:१३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।