इजरायल वा गाजामा सेना पठाउनेबारे बाेलिन् अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस

इजरायल वा गाजामा सेना पठाउनेबारे बाेलिन् अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस

एजेन्सी : अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिसले इजरायल वा गाजामा सेना पठाउने अमेरिकाको कुनै योजना वा नियत नभएको बताएकी छन्।

एक अन्तर्वार्तामा कमला ह्यारिसले भनिन्, ‘हामीसँग इजरायल वा गाजामा सेना पठाउने त्यस्तो कुनै योजना र मनसाय छैन।’

कमला ह्यारिसले अमेरिकाले इजरायललाई सल्लाह, उपकरण र कूटनीतिक तहमा सहयोग गरिरहेको बताइन्।

उनले भनिन्, ‘इजरायलसँग आफ्नो रक्षा गर्ने अधिकार छ। हमास र प्यालेस्टाइनबीच कुनै द्वन्द्व नहुनु महत्त्वपूर्ण कुरा हाे।’

कमला ह्यारिसले भनिन्, ‘प्यालेस्टाइनसँग पनि सुरक्षा, आत्मनिर्णय र आत्मसम्मानको पूर्ण अधिकार छ। हामीले यो स्पष्ट गरिसकेका छौँ कि युद्धका नियमहरू पालना गर्नुपर्छ र मानवीय सहायता रोक्नु हुँदैन।’

अमेरिकाले द्वन्द्व थप नबढोस् भन्ने चाहेको उनकाे भनाइ छ। ह्यारिसले इरानलाई यो द्वन्द्वमा नआउन चेतावनी दिएका छन्।

कात्तिक १३, २०८० सोमबार ०८:४९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।