सिंगापुरविरुद्ध नेपाली टोलीमा दुई परिवर्तन
काठमाडौं : टी-ट्वेन्टी विश्वकप एसिया छनोटमा सिंगापुरविरुद्ध नेपालले टोलीमा दुई परिवर्तन गरेको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सिंगापुरले ब्याटिङ रोजेसँगै पहिला बलिङको निम्तो पाएको नेपालले टोलीमा दुई परिवर्तन गरेको हो।
नेपालका स्पिनर सन्दीप लामिछाने टोलीमा कमब्याक गर्दा ललित राजवंशी बेन्चमा बसेका छन्। यस्तै दिपेन्द्रसिंह ऐरीको स्थानमा विवेक यादव आएका छन्।
अभ्यासको क्रममा दिपेन्द्र घाइते भएपछि उनको स्थानमा यादव आएका हुन्।
रोहित पौडेलको कप्तानीमा रहेको टिममा सन्दीपसँगै आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा र अभिनाश बोहरा छन्।
कात्तिक १३, २०८० सोमबार ०८:३१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।