सिंगापुरविरुद्ध नेपालले टस हार्यो

सिंगापुरविरुद्ध नेपालले टस हार्यो

काठमाडौं : टी-ट्वेन्टी विश्वकप एसिया छनोटमा सोमबार सिंगापुरविरुद्ध नेपालले टस हारेको छ।

सिंगापुरका कप्तान अरित्र दत्तले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिला बलिङको निम्तो पाएको छ।

एसोसिएट देश मध्येका सबैभन्दा उत्कृष्ट टिम नेपाल रहेको छ।  फाइनलमा पुग्ने टोली विश्वकपका लागि छनोट हुनेछन्।नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन्।

नेपालले पहिलो खेलमा सिंगापुर, दोस्रोमा मलेसिया र तेस्रोमा ओमानसँग प्रतिस्पधा गर्नेछ। समूहको शीर्ष दुईमा रहे नेपाल सेमिफाइनल पुग्नेछ। फाइनल पुग्ने टोली मात्र विश्वकपमा छनोट हुनेछ।

नेपालले सन् २०१४ मा नेपाल विश्वकप खेलिसकेको छ। नेपाललाई फेरि विश्वकपमा पुर्याउने अवसर रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकपमा २० देश सहभागी गराउने भएसँगै नेपालको सम्भावना पनि बढेको छ।

कात्तिक १३, २०८० सोमबार ०८:२५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।