सुत्ने कोठामा साउन्ड सिस्टम जोड्दा करेन्ट लागेर २२ वर्षीय पवनको मृत्यु

सुत्ने कोठामा साउन्ड सिस्टम जोड्दा करेन्ट लागेर २२ वर्षीय पवनको मृत्यु

काठमाडौं : आफू सुत्ने कोठामा साउन्ड सिस्टम जोड्ने क्रममा करेन्ट लागेर चितवनका एक युवकको मृत्यु भएको छ।

चितवनको भरतपुर महानगरपालिका-१६ कामना टोलका २२ वर्षीय पवन मल्लको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जानकारी दियो।

घरको आफू सुत्ने कोठामा साउण्ड सिष्टम जोड्ने क्रममा  बिजुलीको तार सर्ट भई एक्कासी करेन्ट लाग्न जाँदा मल्ल गम्भीर घाइते भएका थिए।

उपचारको लागि भरतपुर सरकारी अस्पताल ल्याईएकोमा आइतबार बिहान उनको मृत्यु भएको हो।

कात्तिक १३, २०८० सोमबार ०८:११:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।